भोटाहिटी–रत्नपार्कको सब–वेमा बनेका अवैध संरचना भत्काउँदै काठमाडौँ महानगर
आइतबार, भाद्र १२, २०७९ | १३:३९:३३
काठमाडौं : भोटाहिटी–रत्नपार्कको अण्डरपास (सब–वे) माथिको अवैध संरचना काठमाडौं महागरपालिकाले भत्काउन थालेको छ । भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काउन सुरु गरेको हो ।
पैदलयात्रु हिँड्ने सब–वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काउन लागेको नगरप्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । महानगरले ठेक्का दिएको ठेकदरले थपेको संरचना अवैध ठहर भएपचि भत्काउन लागिएको उनले बताए ।
सबवेभित्रका ७ वटा बाहेकका सबै सटर अवैध भएकाले हटाइने महानगरपालिकाले जानकारी दिएको छ । यो सब-वेमा पैदलयात्रु हिँड्रन सकस हुने गरी काठमा संरचना थपेर पसलहरू राखिएका छन् । ती सबै संरचना हटाइने महानगरपालिकाले जनाएको छ ।