अवैध लागूऔषध सहित काभ्रे धुलिखेल–११ का एक युवक पक्राउ

काभ्रे : अवैध लागूऔषध सहित काभ्रेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–११ घर भइ हाल काठमाडौं महानगरपालिका–२१ भोटेबहाल बस्ने ३३ वर्षीय अनिल श्रेष्ठ रहेका छन् ।

अवैध लागूऔषध चरेस १ सय ७० ग्राम, पोल्यान्ड १ सय ३० ग्राम, ब्राउनसुगर ३ ग्राम, १ थान छुरी, १ थान प्लाष्टिकको पेस्तोल, १ थान डिजिटल तराजु, ४ थान घडी, २ थान मोबाईल र नगद १४ हजार ५ सय रुपैयाँ सहित श्रेष्ठलाई प्रहरीले काठमाडौं महानगरपालिका–२१ भोटेबहालबाट शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरीले श्रेष्ठलाई उनकै डेरा कोठाबाट उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस