पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

जाजरकोट : रुकुम पश्चिममा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-१४ पिपलचौरमा आइतबार आएको पहिरोमा परेर आमाछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जाजरकोट जिल्लाको भेरि नगरपालिका-१ मैदैकी ३० वर्षीया बालमती राना र उनकी दुई वर्षीया छोरी प्रतिक्षा राना रहेको जिला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी सन्तोष निरौलाले जानकारी दिए ।

उनका अनुसार जेठी छोरी ६ वर्षीया तिर्सना रानाको भने जीवितै उद्धार गरिएको छ । आइतबार बिहान जाजरकोटको नलगाड नगरपालिका–१ स्थित माईतीघरबाट घर फर्कने क्रममा पानी पर्दा उनीहरू पिपलचौरमा रहेको छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएका थिए।

सोही समयमा भवन माथिबाट आएको पहिरोमा परेर उनीहरू पुरिएका हुन्। नेपाल प्रहरी, आठबीसकोट नगर प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरो पन्छाउने क्रममा सामुदायीक भवनको झ्यालमा चेपिएको अवस्थामा तिर्सनाको उद्धार गरिएको र दुई जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

घाइते तिर्सनालाई भेरी नगरपालिका-१ रिम्नामा प्राथमिक उपचार गरेर जिल्ला अस्पताल जाजरकोट ल्याइएको छ। उनको अवस्था सामान्य रहेको जाजरकोटका प्रहरी प्रमुख डिएसपी सन्तोष निरौलाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस