लालध्वज र रुकुलाई माओवादी केन्द्रले तोक्यो काभ्रेको चुनावी कमाण्डर
सोमबार, भाद्र १३, २०७९ | ९:४८:३४
काभ्रे : मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै माओवादी केन्द्रले पार्टीको पोलिटब्यूरो सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज सूर्यमान दोङ (लालध्वज) र केन्द्रिय सदस्य रुकु चौंलागाईं (रचना)लाई काभ्रेको लागि चुनावी कमाण्डर तोकेको छ ।
नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको बैठक आईतवार सम्पन्न भएको बैठकले लालध्वज र रुकुलाई काभ्रेको चुनावी कमाण्डर तोकेको हो ।
केन्द्रीय सदस्यसहितको नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका पदाधिकारी बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरि प्रदेशका विभिन्न जिल्लामा चुनावी कमाण्डर तोकेको हो ।
आईतबार बसेको बैठकले बागमती प्रदेशका १३ वटै जिल्लाको लागि चुनावी कमाण्डर चयन गरेको हो ।