शनिबार, बैशाख १२, २०८३
केन्याविरुद्ध नेपालले आज टी–२० सिरिजको चौँथो खेल खेल्ने

काठमाडौँ : केन्याविरुद्ध नेपालले आज टी–२० सिरिजको चौँथो खेल खेल्दैछ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे शुरू हुनेछ ।

केन्या भ्रमणमा रहेको नेपाल आज एक खेल अगावै शृंखला जित्ने लक्ष्यमा रहनेछ । पाँच खेलको शृंखलामा नेपाल २–१ ले अघि छ । शृंखलाको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी हुँदा दोस्रो खेल केन्याले १८ रनले जितेको थियो । तेस्रो खेलमा भने नेपाल ४ विकेटले विजयी भएको थियो ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय