केन्याविरुद्ध नेपालले आज टी–२० सिरिजको चौँथो खेल खेल्ने
सोमबार, भाद्र १३, २०७९ | १०:२८:२८
काठमाडौँ : केन्याविरुद्ध नेपालले आज टी–२० सिरिजको चौँथो खेल खेल्दैछ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे शुरू हुनेछ ।
केन्या भ्रमणमा रहेको नेपाल आज एक खेल अगावै शृंखला जित्ने लक्ष्यमा रहनेछ । पाँच खेलको शृंखलामा नेपाल २–१ ले अघि छ । शृंखलाको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी हुँदा दोस्रो खेल केन्याले १८ रनले जितेको थियो । तेस्रो खेलमा भने नेपाल ४ विकेटले विजयी भएको थियो ।