युनाईटेडले ब्रज्जिलियाँ विंगर एन्टोनी अनुबन्ध गर्ने
सोमबार, भाद्र १३, २०७९ | ११:०४:४०
इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले ब्रज्जिलियाँ विंगर एन्टोनी अनुबन्ध गर्ने भएको छ । युनाईटेडले डच क्लब आयाक्सबाट विंगर एन्टोनीलाई अनुबन्ध गर्ने भएको हो ।युनाईटेडले ८०.७५ मिलियन पाउण्ड तिरेर एन्टोनीलाई अनुबन्ध गर्न लागेको हो ।
२२ वर्षीय एन्टोनीलाई किन्न युनाईटेडले खर्च गर्न लागेको रकम ह्यारी मग्वाएरपछिको दोस्रो सर्वाधिक रकम हो । एन्टोनी २०२० मा साओ पाउलोबाट डच क्लब आएका थिए।
डच क्लबका लागि उनले ८२ खेलमा २५ गोल र २२ असिस्ट गरेका छन् । ब्राजिलका लागि उनले ९ खेलमा २ गोल गरिसकेका छन् ।