
काभ्रे : जिल्लाको पनौतीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पनौती नगरपालिका वडा नं ७ बसपार्कमा आईतबार राति ११ः३० बजेको समयमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ मोटरसाइकल चालकको मृत्यु भएको प्रहरी चौकी पनौतीले जनाएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ का ३१ वर्षीय प्रमात्मा तिवारी रहेको प्रहरी चौकी पनौतीका इन्चार्ज प्रहरी नायब निरीक्षक कपिल कार्कीले जानकारी दिए ।
उनका अनुसार पनौतीबाट खोपासीतर्फ जाँदै गरेको बा ६० प ५२४३ नम्बरको मोटरसाइकल गए राती ११ : ३० बजेको समयमा अनियन्त्रित भइ सडकको भित्तामा ठोकिदाँ मोटरसाइकल चालक गम्भिर घाइते भएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बनेपा स्थित शिर मेमोरीयल अस्पतालमा मृत्यु भएको प्रहरी चौकी पनौतीले जनाएको छ ।