तनहुँमा चितुवाको आक्रमणबाट आमा–छोरा घाइते
सोमबार, भाद्र १३, २०७९ | १४:१५:३७
तनहुँ : तनहुँमा चितुवाको आक्रमणबाट आमा–छोरा घाइते भएका छन् । चितुवाको आक्रमणबाट घाइते हुनेमा व्यास नगरपालिका–११ पातीघारी बस्ने ४९ वर्षीय दिलमाया गुरुङ र उनका नौ वर्षीय छोरा शंकर गुरुङ रहेको प्रहरीले जनाएको छ ।
गएराति घरभित्र कोठामा आमाछोरा विस्तारामा सुतिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
उनका अनुसार नयाँ बन्दै गरेको आफ्नै घरमा आमाछोरा एउटै कोठामा सुतिरहेका रहेछन् । त्यतिकैमा चितुवा कोठामा छिरेर सुतिरहेको छोरालाई आक्रमण गरेछ । थाहा पाएर लखेट्न खोज्दा उनलाई पनि आक्रमण गरेको कार्यालयका प्रहरी नायब उपरीरुक्षक खड्काले बताए ।
दमौली अस्पतालमा उपचारपश्चात उनीहरुको अवस्था अहिले सामान्य रहेको उनले जानकारी दिए ।