बैकिङ कसूरका फरार प्रतिवादी पक्राउ

लमजुङ : बैकिङ कसूरका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको बेसीसहर नगरपालिका वडा नं ७ बस्ने २९ वर्षीय नवराज रिमाल रहेका छन् ।

विभिन्न बैंकिङ कसूर मुद्दामा लगत कायम भई १७ दिन कैद र १५ लाख ८० हजार भएका रिमाल विदेशबाट आएर लुकिछिपी बस्दै आएको र प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताए ।

उनीविरुद्ध उच्च अदालत पाटनबाट पाँचवटा छुट्टाछुट्टै बैंकिङ कसूर मुद्दा दर्ता भई ९ मंसिर २०७६ मंसिरसमेत गरी अन्य विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकेको जिप्रका लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

रिमाललाई जिल्ला अदालत लमजुङबाट शुक्रबारदेखि लागु हुनेगरी कैद भुक्तान र जरिवानाबापतको रकम असुलउपरका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस