स्रोत नखुलेको २४ लाख ५० हजार रुपैँयासहित एक युवक पक्राउ
सोमबार, भाद्र १३, २०७९ | १७:२०:३२
बुटवल : स्रोत नखुलेको २४ लाख ५० हजार रुपैँयासहित रुपन्देहीबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका ८ सुख्खानगर बस्ने २८ वर्षीय सन्दीप शाक्य रहेका छन् । उनको साथबाट प्रहरीले २४ लाख ५० हजार रुपैँया बरामद गरेको हो ।
रकम ओसारपसार हुँदैछ भन्ने गोप्य सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उक्त रकम बरामद गरेको हो । बरामद गरेको रकम सोमबार भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।