प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि आचारसंहिता सार्वजनिक

काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको आचार संहिता सार्वजनिक भएको छ ।आयोगले सोमबार आचारसंहिता राजपत्रमा प्रकाशित गरेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गरिएको हो ।

आचार संहिता सार्वजनिक भए पनि आयोगले निर्णय गरेका दिनदेखि मात्रै लागू हुनेछ । आयोगले केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र जिल्लामा जिल्ला आचारसंहिता अनुगमन समिति गठनको प्रस्ताव गरेको हो ।

निर्वाचन आयोगले तोकेको निर्वाचन आयुक्तको नेतृत्वमा गठन हुने केन्द्रीय निर्वाचन आचारसहिता अनुगमन समितिमा सदस्य पाँच जना सचिव रहने व्यवस्था गरिएको छ । हरेक जिल्लामा मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा जिल्ला स्तरीय आचारसंहिता अनुगमन समिति बन्नेछ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय