जबरजस्ती करणी उद्योगका फरार अभयुक्त तीन वर्षपछि पक्राउ
सङ्खुवासभा : जबरजस्ती करणी उद्योगमा फरार रहेका अभयुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सङ्खुवासभाको पाँचखपन नगरपालिका–१ का २३ वर्षीय महेन्द्र लिम्बु रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालयले चैनपुर–४ बतासेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए।
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा लिम्बुलाई उच्च अदालत विराटनगर धनकुटाले १८ वर्ष कैद सजाय गर्न फैसला गरेको अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए।
उनका अनुसार उच्च अदालत विराटनगर धनकुटा इजलासका न्यायाधीश गणेश ठाकुर र छुर्पा तामाङको २०७८ मङ्सिर २९ गते इजलासले १८ वर्ष कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट रु १५ हजार जरिवाना भराउन आदेश दिएको थियो ।
पक्राउ परेका लिम्बुलाई फैसला कार्यान्वयनका लागि प्रहरीले आज जिल्ला अदालमा बुझाएको छ ।