शनिबार, बैशाख १२, २०८३
केन्याविरुद्ध नेपालले आज फाइनल खेल खेल्ने

काठमडौँ : केन्याविरुद्ध नेपालले आज टी–२० सिरिजको पाँचौँ तथा अन्तिम खेल खेल्दैछ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे शुरू हुनेछ ।

पाँच खेलको सिरिज अन्तर्गतको यस खेल सिरिजको निर्णायक खेल हो। किनकि ४ खेल सकिँदा सिरिज २-२ को बराबरीको अवस्थामा रहेको छ । आजको खेल जित्नेले सिरिज जित्नेछ ।

यसअघि सोमबार भएको चौंथो खेलमा नेपाललाई केन्याले ७ रनले हराएर केन्याले सिरिज जित्ने सम्भावना कायम राखेको हो । त्यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय