शनिबार, बैशाख १२, २०८३
रौतहटमा चट्याङ लागेर एकै गाउँका तीन जनाको मृत्यु

रौतहट : रौतहटमा चट्याङ लागेर एकै गाउँका तीन जनाको मृत्यु भएको छ । रौतहटको मध्यभाग गरुडा नगरपालिका–३ मलाही टोलको खेतमा काम गर्ने क्रममा चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा मलाही गाउँकै ३९ वर्षीय सुदनीया देवी,७० वर्षीय जगिया कुमारी र १८ वर्षीय मनिषा कुमारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी बरुण सिंहले जानकारी दिए । मृतक मध्ये सुदनीया र जगिया एउटै परिवारको रहेको डीएसपी सिंहले जानकारी दिएका छन ।

उनका अनुसार चट्याङ लागेर एउटै गाउँको एकैपटक तीनजनाको मृत्यु हुँदा सिंगो मलाही गाउँ शोकमग्न भएको छ । खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा सँगै रहेकी वर्ष ४० कि सैलीदेवी सामान्य घाइते तथा एक दर्जन बढी महिला चट्याङबाट प्रभावित भएको प्रहरीले जनाएको छ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय