आइतबार, बैशाख ०६, २०८३
सुनको मूल्यमा सामान्य बृद्धि

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । प्रति तोला तीन सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, सोमबार छापावाल सुन तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ४५ रुपैयाँ कायम रहेको रहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय