पूर्व अरनिको यातायात सेवा प्रालीको अध्यक्षमा महतको उम्मेदवारी

काभ्रे : पूर्व अरनिको यातायात सेवा प्रालीको निर्वाचन भदौ १५ गते हुदैँ छ । पूर्व अरनिको यातायात सेवा प्रालीको अध्यक्षमा मनोनयन दर्ता गरेसँगै यातायात व्यवसायी नृृपध्वज महतको पक्षमा यातायात व्यवसायी खुलेर लागेका छन् ।

यातायात व्यवसायी, यातायात मजदुर तथा यातायात क्षेत्रमा आई पर्ने समस्याको समाधान गराउन उनी सतिसाल झै बनेर अरनिको यातायात सेवा समितीमा रहदैँ आएका छन् । हरेक पटकका अधिवेशनमा उनको आवश्यकता महसुस गरेर सबै पूर्व अध्यक्षले उनलाई साथमा लिएका छन् । अरनिको यातायात सेवा समिती र नृपध्वज महत एक अर्काको परिपुरक जस्तै बनेका छन् ।

२४ वर्षसम्म निरन्तर अरनिको यातायात सेवा समितिमा रहेर अरनिको यातायातमा रहेका आवत समस्याको बारेमा आफू जानकार रहेको बताए । ‘ मैले २४ बर्षसम्म अरनिकोलाई फलाउन र फुलाउन कार्यसमितिको सदस्यदेखि यो अवस्थामा आउनसम्म भुमिका खेलेको छु । पूर्व अध्यक्षहरु, पदाधिकारीको माया र ममता मैले पाएको छु ’ महतले भने ।

‘ तीन पटकसम्म बरिष्ठ उपाध्यक्षको रुपमा काम गरेको अनुभव छ । मैले पद्म तौजले, श्याम तौजले, श्री गोपाल श्रेष्ठ,रमेश वैद्य, केदार क्षत्री, जितबहादुर भारती,श्यामबहादुर लामा, चित्रबहादुर कुंवरको नेतृत्वमा एउटा महत्वपुर्ण खम्बाको काम गरेर यहाँसम्म आएको छु’ उनले भने ।

सबैको सर्मथन रहेकाले मैले संस्थालाई अघि बढाउन सक्ने साम राख्ने उनले बताए । आफूले पुरानो ठाउँबाट बसपार्क राख्नको लागि काठमाडौको मेयर बालेन्द्र शाहसँग कुरा गरेको उनको भनाई थियो । ‘हिजो आफू सरकारमा रहँदा बसपार्कको विषयमा नबोल्नेहरु अहिले त्यसको नारा बनाएर अघि बढि रहेका छन्,’ उनले भने,‘हामीलाई यातायात व्यवसायी चाहिएको हो । जनताको सुखदुखमा साथ दिने मान्छे खोजेका हौ । ’

त्यसको नेतृत्व आफू गर्न सक्षम भएको बताउँदै अरनिको यातायातको खोजि गरेको पात्र आफू भएको उनले बताए । आफू नेता नभएर व्यवसायी भएकाले अरनिकोले यातायात व्यवसायी खोजेकाले सबैमा साथ र सहयोग गर्न उनले अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस