काभ्रेको बनेपामा पहिलो पटक म्युजिक फेस्टिभल हुँदै

काभ्रे : काभ्रेको बनेपामा पहिलो पटक म्युजिक फेस्टिभल हुने भएको छ । मञ्जुश्री फाउण्डेशनको आयोजनामा काभ्रेको बनेपामा पहिलो पटक ‘बनेपा म्युजिक फेस्टिभल’ हुन लागेको हो ।

फर्मस कर्पोरेशनको सहयोगमा आगामी भदौ १८ गते बनेपाको लायकुमा हुने म्युजिक फेस्टिभलमा स्थानीय म्युजिकल ब्याण्डसँगै राष्ट्रियस्तरका म्युजिकल ब्याण्डहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

बनेपामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने र बनेपाको लायकु दरबारको व्यवस्थित रूपमा सदूपयोग गर्न सहयोग गर्ने उद्देश्यले आयोजना गर्न लागिएको फेस्टिभलमा करीब २ हजार श्रोताहरूको सहभागी रहने अपेक्षा लिएको आयोजकले बताए ।

स्थानीय क्षेत्रमा प्रोजेक्ट गरिरहेका युवाहरूलाई उर्जा भर्न समेत सहयोग पुग्ने अपेक्षा लिएर गर्न लागिएको फेस्टिभलका लागि सहभागी हुन इच्छुकले टिकेट संसारबाट आफ्नो टिकेट बुकिङ्ग गर्न सकिने आयोजकले बताएको छ ।

उक्त फेस्टिभलमा “द एड्ज ब्याण्ड“, ‘द अल्केमिस्ट’, ‘ए.एस.एम’ र ‘फन्क फु’ लगाएतका म्युजिकल ब्याण्डको प्रस्तुति रहनेछ । फेस्टिभल आगामी भदौ १८ गते शनिवार दिउँसो १ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस