तीजको नाच हेर्ने क्रममा युवाहरूबीच झडप हुँदा एक जनाको मृत्यु
बुधबार, भाद्र १५, २०७९ | १०:४७:४०

सुर्खेत : सुर्खेतमा तीजको नाच हेर्ने क्रममा युवाहरूबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा तीजको नाच हेर्ने क्रममा दुई समूहबीचको झडपमा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । “स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको बुझिन आएको छ, अनुसन्धान हुँदैछ”, उनले भने, “मृतकको टाउकोमा गम्भीर चोट छ, घटनामा संलग्नको पहिचान र खोजी जारी छ ।’
उनका अनुसार घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ ।