सुनको मूल्य आठ सय रुपैँयाले घट्यो

काठमाडौँ : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार योसँगै सुनको प्रतितोला मूल्य ९४ हजार रुपैयाँ कायम भएको छ । हिजो मंगलबार सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैंया रहेको थियो ।  आज तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँमा झरेको छ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार १३० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य स्थिर रहँदै १ हजार १४५ रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस