पेट्रोलियम पदार्थको मूल्य फेरि बृद्धि हुने
बुधबार, भाद्र १५, २०७९ | १२:२०:४७
काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्य फेरि बृद्धि हुने भएको छ । नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने तयारी गरेको हो ।
इन्धनको मूल्य वृद्धि गर्ने विषयमा भौतिक, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीबीच छलफलसमेत भइसकेको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले पटकपटक मूल्य घटाएर पठाए पनि निगमले भने इन्धनको मूल्य बढाउने तयारी गरेको हो । हाल डिजेलको मूल्य प्रतिलिटर १७२, पेट्रोलको मूल्य १८१ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँ तोकिएको छ ।