अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ

कास्की : पोखरा महानगरपालिका-१० रक्षा मार्गस्थित न्यू कृपा होटलबाट २ किलो ८ सय ग्राम अवैध लागूऔषध गाँजा र नगद १० हजार रुपैयाँ सहित धादिङ गल्छी गाउँपालिका-३ बस्ने २२ वर्षीय प्रविन खतिवडा समेत ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय