पल शाहविरुद्ध मुद्दाको पेसी आज पनि स्थगित

तनहुँ : अभिनेता पल (पूर्णविक्रम) शाहविरुद्ध मुद्दाको पेसी आज पनि स्थगित भएको छ । नाबालिगलाई जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका शाहको पेसी पनि स्थगित भएको छ ।

तनहुँ अदालतमा बुधबारका लागि पेसी तोकिएकामा न्यायाधीश अनुपस्थित भएकाले पेसी स्थागित भएको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए । उनले भने, ‘गोलाप्रथाबाट जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासमा पेसी परेकामा न्यायाधीश केसी विदामा रहेकाले पेसी स्थगित भएको हो ।’

यसअघि भदौ ८ गते नवलपुरमा पनि पेसी स्थगित भएको थियो । नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा शाहलाई गत चैत १० गते पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस