आइतबार, माघ ११, २०८२
डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं : डाँका मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका घर भई भक्तपुरको सुर्यविनायक बस्दै आएका ३० वर्षीय प्रदीप भट्ट रहेका छन् ।

उनलाई प्रहरीले न्यूरोडको मसान गल्लीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी डिलबहादुर मल्लले जानकारी दिए । भट्ट विरुद्ध इलाका प्रहरी कार्यालय खैरहनी, चितवनमा अनुपकुमार शर्माले जाहेरी दिएका छन् ।

चितवनमा डाँका मुद्दामा संलग्न रहेर उनी फरार भएको डीएसपी मल्लले जानकारी दिए । आरोपीलाई थप अनुसन्धान र कारवाहीका लागी अपराध अनुसन्धान कार्यालयले चितवन पठाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय