बुद्धनगरमा निर्माणाधीन घरबाट हामफालेका दुवै किशोर–किशोरीको मृत्यु

काठमाडौँ : काठमाडौं स्थित बुद्धनगरमा एक निर्माणाधीन घरबाट बुधबार साँझ हामफालेका दुवै किशोर–किशोरीको मृत्यु भएको छ। निर्माणाधीन घरबाट हामफालेका १३ वर्षीय अनिकेत रोय र १४ वर्षीया कृतिका जैशावालको बानेश्वर स्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

पाँच तल्ले घरको छतबाट हामफालेका उनीहरुको अवस्था गम्भीर थियो। तर अस्पताल पुर्‍याएर उपचारका क्रममा चिकित्सकहरुले मृत घोषित गरेका हुन्। बुधबार साँझ ५ बजेर ५० मिनेटमा पाँच तले घरबाट हामफालेका उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

महानगरीय प्रहरी परिसरका एक अधिकारीका अनुसार उक्त निर्माणाधीन पाँच तलेघरबाट उनीहरुले एकसाथ हामफालेका थिए।  उनीहरु दुवैजना बानेश्वरस्थित पाठशाला स्कुलको कक्षा ९ का विद्यार्थी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए।

दुवैजनाले हामफाल्नुको कारणबारे खुलिनसकेको प्रहरीले जानकारी दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस