रोल्पाको तालवाङमा एक दम्पती मृत अवस्थामा भेटिए
बुधबार, भाद्र १५, २०७९ | २१:०२:३८
रोल्पा : रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । धारिलो हतियारले काटेको अवस्थामा परिवर्तन गाउँपालिका–२ राँसीका दुर्गाबहादुर पुन र उनकी पत्नी पार्वती पुनको शव भेटिएको प्रहरीले जनाएको छ ।
उनीहरुको शव वुधवार दिउसो २ः३० वजे फेला परेको हो । प्रहरीले हत्याको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । शव हालसम्म घटनमास्थलमै छ । घटनाको अनुसन्धानका लागि कोहलपुरवाट तालिम प्राप्त कुकुरसमेत बोलाइएको प्रहरीको भनाइ छ ।