
एर्लिङ हालान्डको ह्याट्रिकको सहयोगमा म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलमा फराकिलो जित हात पारेको छ । बुधबार राति भएको खेलमा सिटीले नटिङहम फरेस्टलाई ६–० को गोल अन्तरले हराएको हो ।
३८औं मिनेटमा हालान्डले ह्याट्रिक पूरा गर्दा सिटीले ३–० गोलको अग्रता बनायो । हालान्डले लगातार दोस्रो खेलमा ह्याट्रिक पूरा गरेका हुन् ।
पहिलो हाफमा ३–० गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । ५०औं मिनेटमा क्यान्सेलोले गोल गर्दै सिटीको अग्रता ४–० को बनाए । ६५औं मिनेटमा अल्भारेजले सिटीका लागि पाँचौं गोल गरे ।
८७औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गर्दै सिटीलाई ६–० गोलको जित दिलाए । जितसँगै सिटीले ५ खेलबाट १३ अंक जोडेको छ । सिटी तालिकाको दोस्रो स्थानमा छ। पराजित नटिङहम फरेस्ट ४ अंक जोडेर १५औं स्थानमा छ ।