सोमबार, बैशाख १४, २०८३
युभेन्ट्सको सहज जित

काठमाडौं : इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकाल्दा नापोली बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई २–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन डुसन लाहोभिक र आर्काडिउस मिलिकले एक–एक गोल गरे । खेलको नवौं मिनेटमा गोल गर्दै डुसनले युभेन्ट्सलाई अग्रता दिलाए । खेलको इन्जुरी समयमा मिलिकले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए ।

जितसँगै युभेन्ट्सले ४ खेलबाट ८ अंक जोडेको छ । युभेन्ट्स तालिकाको चौथो स्थानमा छ ।

बुधबार राति नै भएको अर्को खेलमा नापोली लेसेसँग १–१ गोलको बराबरीमा रोकिएको छ । खेलमा सुरुवाती लिएको अग्रता जोगाउन नसक्दा नापोली बराबरीमा रोकिएको हो ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय