धादिङमा डेङ्गु : एकैदिन ११ जनामा संक्रमण पुष्टि
बिहिबार, भाद्र १६, २०७९ | १४:०५:३६
धादिङ : केही दिन यता धादिङमा डेङ्गु संक्रमितको संख्यामा बृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । कार्यालयका अनुसार मङ्गलबार एकै दिनमात्र जिल्ला अस्पतालमा आएकामध्ये ११ बिरामीको डेङ्गु परीक्षणबाट पुष्टि भएको हो ।
अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी बढिरहेको समयमा डेङ्गुका बिरामी पनि बढ्न थालेको जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालले बताए । उनका अनुसार साउन र भदौसम्मको यस अवधिमा अस्पताल आएकामध्ये एक सय १४ जनाको डेङ्गुको पुष्टि भएको छ । पछिल्लो दिन पुष्टि भएकाबाहेकको उपचार भइसकेको छ भने ११ जनाको उपचार भइरहेको छ ।
डेङ्गु सङ्क्रमित एक जनाको जिल्ला अस्पतालमै मृत्युसमेत भइसकेको छ । ज्वालामुखी गाउँपालिका–२ का ५६ वर्षीय रामचन्द्र श्रेष्ठको डेङ्गु सङ्क्रमणपछि मृत्यु भएको थियो ।