हास्य कलाकार ‘सिते बा’ले काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिने
बिहिबार, भाद्र १६, २०७९ | १७:४४:०२
काठमाडौं : आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि हाँस्य टेलिश्रृंखला ‘सक्किगोनि’का कलाकार (सिते बा) मधुसुदन पाठकले दिने भएका छन् । पाठकले काठमाडौं क्षेत्र नम्बर ५ मा उम्मेदवार हुन लागेका हुन्। उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारी गरेका छन्।
ललितपुरमा आज भएको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा कार्यक्रममा पाठक पनि उपस्थित थिए। यो अभियानको संयोजक सुमन सायमि छन्।
स्वतन्त्रहरूले एकै चुनाव चिन्ह र घोषणा पत्रमा चुनाव लड्नका लागि यो अभियान सञ्चालन गर्ने बताएका छन्। उनीहरूले पार्टीका पुराना नेताहरूलाई यो चुनावबाट विस्थापित गर्ने दाबी पनि गरेका छन्।