
काठमाडौं : फिल्म ‘प्रेमगीत ३’ को हिन्दी ट्रेलर सार्वजनिक भएको छ । फिल्म असोज ७ गतेबाट प्रदर्शन गर्ने तयारी रहेको छ ।
साउथ (दक्षिण भारतीय) फिल्म शैलीको ट्रेलरमा दर्घाको राजा (शिव श्रेष्ठ) राजगद्दी दुई छोरामध्ये कसलाई सुम्पिने भन्ने दोधारमा देखिएका छन् । उनी कान्छा छोरा (मनिष राउत) भन्दा जेठा छोरा ( प्रदीप खड्का) लाई राजगद्दी सुम्पन चाँहन्छन् । तर, प्रेम गीत (क्रिस्टिना गुरुङ) को प्रेममा डुबेका छन् । जसका कारण उनलाई राजगद्दीको लोभ नै छैन ।
स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापा लगायतका कलाकारको अभिनय छ ।
फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् । फिल्मको हिन्दी डब चर्चित साउथका कलाकारले गरेको बताइएको छ ।
‘प्रेमगीत ३’ को हिन्दी ट्रेलर :