सवारी ज्यान मुद्धामा फरार रहेका सिन्धुपाल्चोकका सन्त बहादुर १२ वर्षपछि पक्राउ
बिहिबार, भाद्र १६, २०७९ | १९:५८:१२
काभ्रे : सवारी ज्यान मुद्धामा फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं १२ का ३६ वर्षीय सन्त बहादुर माझी रहेका छन् । उनलाई प्रहरीले १२ वर्ष पछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
सन्त बहादुरलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतले सवारी ज्यान मुद्धामा २०६७ असार १० गते २५ दिन कैद र २ हजार रुपैँया जरिवाना सजायको फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेल नगरपालिका वडा नं बाट भदौ १६ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि काभ्रेपलाञ्चोक जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।