सोमबार, बैशाख १४, २०८३
आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको छ।

देशका केही भागमा रातिदेखि नै झरी परिरहेको छ। चितवन, रूपन्देही, कपिलवस्तु, पाल्पा, कैलाली, कञ्चनपुर, डलेलधुरा र आसपास केही स्थानमाा भारी वर्षा भएको छ।

यी जिल्ला भएर बहने रिउखोला, तिनाउ, बाणगंगा, मोहना, खुट्टिया, स्याउली, चौधर, रंधुन लगायत साना नदीमा आकस्मिक बाढी हुन भएकाले सचेत रहन भनिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय