बारा : बारामा एक पुरुष मृत अवस्थामा भेटिएका छन्। घरबाट खेतमा काम गर्न जान्छु भन्दै गएका बाराको जितपुर सिमरा उपमहानगरपालिका(१९ मटिअरिया टोल बस्ने ७७ वर्षीय प्रेमी चौधरी सोही ठाउँस्थित खोलाको छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।
सोमबार खेतमा काम गर्न जान्छु भन्दै गएका उनी केही समयसम्म पनि नफर्किएपछि खोजी गर्ने क्रममा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।




















