सुनको मूल्यमा सामान्य घिरावट
शुक्रबार, भाद्र १७, २०७९ | ११:५०:५६

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य घिरावट आएको छ ।
आज सुनको मूल्य एक सय रुपैँयाले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मुल्य एक हजार १०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।