काठमाडौँ महानगर : सडकमा थुपारिएका निर्माण सामाग्री हटाउन सुरु

काठमाडौँ : सडकमा थुपारिएको निर्माण सामाग्री काठमाडौँ महानगरपालिकाले हटाउन सुरु गरेको छ ।

महानगरले आजदेखि डोजर लगाएर सडकमा राखिएको निर्माण सामाग्री हटाएको हो । निजी प्रयोजनका लागि सडकमा नै निर्माण सामाग्रीहरु राखेर निर्माणकार्य भएका ठाउँको सामाग्री महानगरले उठाउन थालेको महानगरले बताएको छ।

नयाँ बानेश्वरमा रहेको युनिग्लोबल कलेज अगाडि थुपारेको निर्माण सामाग्री महानगरको आफ्नै गाडीमा लोड गरेर टेकु लगिएको छ । निर्माण सामाग्री बाटोमा नै राखेर निर्माण गर्दा पैदल यात्रु र सवारी आवतजावतमा समेत आसर पर्ने गरेको छ ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय