साफ महिला च्याम्पियनसिप २०२२ को तयारी पूरा

काठमाडौं : काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपको तयारी पूरा भएको छ । नेपाल फुटबल संघ (एन्फा)ले भदौ २१ देखि असोज ३ सम्म काठमाडौंमा हुने छैटौं साफ महिला च्याम्पियनसिपको तयारी पूरा भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

प्रतियोगिता आयोजनाका लागि ३ करोड, ४७ लाख ६७ हजार ६८० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको सम्मेलन जानकारी दिइएको थियो । प्रतियोगिता आयोजनाका लागि दक्षिण एसियाली फुटबल फेडेरेसनले २ लाख ५० हजार डलर प्रदान गरेको छ ।

बाँकी रकम एन्फाले आफ्नो श्रोतबाट जुटाउने साफ आयोजक समितिका संयोजकसमेत रहेका एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए ।

प्रतियोगिताको समूह एमा नेपाल, श्रीलंका र भुटान छन् भने समूह बी मा भारत, पाकिस्तान, वंगलादेश र माल्दिभ्स छन् । प्रतियोगिताका लागि भुटान र पाकिस्तानको टिम यसअघि नै नेपाल आइसकेका छन् । बाँकी टिम आइतबारसम्म नेपाल आउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस