अनधिकृत संरचना हटाउँदै ललितपुर महानगर
शुक्रबार, भाद्र १७, २०७९ | १४:४४:१९
ललितपुर : ललितपुर महानगरपालिकाले अनधिकृत रुपमा निर्माण भएका संरचना हटाउन सुरु गरेको छ । महानगरले लगनखेलमा नियमविपरीत बनेको आफ्नै संरचना हटाएर अनधिकृत संरचना हटाउन सुरु गरेको हो ।
यसअघि महानगरले फुटपाथ ओगटेर नियमविपरीत भवन बनेको थियो । सो भनवमा क्वालिटी क्याफे सञ्चालनमा थियो । नगर प्रहरी प्रमुख हाछेथुले फुटपाथ ओगट्नेलाई पत्र नकाटी पनि कारबाही गर्न मिल्ने भएकाले बिहान नगर प्रहरीको टोलीले भत्काएको बताए ।
यस्तै, महानगरले फुटपाथ मिचेर, नक्साविपरीत बनाइएका अनधिकृत संरचना दसैँसम्म भत्काउन निर्देशन दिएको छ ।यतिखेर महानगरले अनधिकृत संरचना हटाउन माइकिङ गरिरहेको छ ।