काभ्रे क्षेत्र नम्बर १ (ख) मा कांग्रेसबाट सञ्चारकर्मी पाण्डे सिफारिस
काभ्रे : मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि दलहरू उम्मेदवार चयनमा जुट्न थालेका छन् । काभ्रेपलाञ्चोक जिल्लामा पनि प्रमुख दलहरू उम्मेदवार चयन लगायत चुनाव केन्द्रित गतिविधिमा जुटेका छन् ।
त्यस्तै नेपाली कांग्रेसले काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ (ख)को प्रदेश सभा समानुपातिक सांसदका लागि रोशन पाण्डेलाई सिफारिस गरेको छ। क्षेत्र नम्बर १ (ख) प्रदेश सभा क्षेत्रीय कार्यसमितिले पाण्डेको नाम सिफारिस गरेको हो।
दुई दशकदेखि राजनितिक क्षेत्रमा सक्रिय रहेका पाण्डेले कुशल नेत्तृत्व गर्ने सक्षम व्यक्तित्वको पहिचान बनाएका छन् । राजनितिक, सामाजिक एवं पत्रकारिता क्षेत्रमा सक्रिय रहेका पाण्डेले निर्वाचनका लागि टिकट पाउने चर्चा बढेको पार्टी निकटका जानकारहरु बताउँछन् ।
राजनिति क्षेत्रका सक्रिय एवं प्रखर रहेका पाण्डेले उम्मेदवारी दाबी गरेसँगै त्यहाँको राजनितिक माहोल तातिएको छ ।