झापा : झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । झापाकोमेचिनगर–९ थोप्लेविरान सामुदायिक वनस्थित भित्री सडक खण्डमा मे ७ प २०४६ नं.को स्कूटीमा सवार सम्झना श्रेष्ठलाई आज साँझ ५ः४५ बजे जंगलबाट आएको हात्तीले आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी श्रेष्ठको उपचारको क्रममा आम्दा अस्पतालमा धुलाबारीमा १८ः३० मा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताए ।
झापामा एक हप्ताको अवधिमा हात्तीको आक्रमणबाट निधन भएको यो दोस्रो घटना हो । मंगलबार बाह्रदशी गाउँपालिका १ बस्ने देवि बहादुर अधिकारीलाई सोही स्थानमा रहेको मनकामना सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो । उनको उपचारको क्रममा धरानमा निधन भएको हो ।




















