काठमाडौं : काठमाडौं स्थित दक्षिणकालीमा मिनी ट्रक दुर्घटना हुदाँ दुई जना घाइते भएका छन् ।
दक्षिणकाली नगरपालिका–८ छैमलेको शीतलचोकमा बा.प्र–०१००४ क ०६३२ नम्बरको ट्रक दुर्घटना हुँदा २ जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । फर्पिङबाट सिस्नेरी जाँदै गरेको ट्रक शुक्रबार राति साढे ८ बजे आफैं अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना सख्त घाइते भएका हुन् ।
घाइते भएका दुवै जना पुरुषको उद्धार गरि मनमोहन अस्पताल फर्पिङमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरू दुवै जनाको पहिचान नभएको प्रहरीको भनाइ छ ।



















