७० केजी गाँजा सहित बाराबाट दुई जना पक्राउ
आइतबार, भाद्र १९, २०७९ | १२:५६:१६
बारा : जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ७० किलोग्राम सहित मकवानपुर मनहरी गाउँपालिका-७ बिजौना बस्ने ३५ वर्षीय सुन बहादुर थिंग र सोही गाउँपालिका-१ चकरी बस्ने २० वर्षीय सुभाष लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ३-०१-००३ क ६९०६ नम्बरको मिनीट्रकलाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकमा लुकाई ल्याएको उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।