बुटवल : प्रदेश र संघीय निर्वाचनको मिति नजिकिएसँगै दलहरु उम्मेदवार सिफारिसमा व्यस्त भएका छन् । मंसिर ४ गते हुन लागेको प्रदेश र संघीय निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ बाट नेकपा एमालेले केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई एकल रुपमा उम्मेदवार सिफारिस गरेको छ ।
एमाले निर्वाचन क्षेत्र कमिटीले उनको एकल नाम सिफारिस गरेको हो । कमिटीका सदस्यहरू एवं अगुवा कार्यकर्ताहरूको एक स्वरको प्रस्तावमा पौडेलको नाम रुपन्देही क्षेत्र नं २ बाट सिफारिस भएको हो । पौडेल रुपन्देही २ बाट तीन पटक चुनाव जितेका नेता हुन् ।



















