काभ्रे : आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे क्षेत्र नम्बर २ बाट नेता गोकुल बास्कोटालाई नेकपा एमालेले सर्वसम्मत उम्मेदवारमा सिफारिस गरेको छ।
नेकपा एमाले क्षेत्रीय कमिटीको आइतवार बसेको बैठकले बास्कोटाको नाम प्रतिनिधिसभाको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको हो। बास्कोटा अहिले पनि यही क्षेत्रबाट सांसद छन्।
यही क्षेत्रबाट बाँस्कोटा २०७४ सालको निर्वाचनमा विजयी भएका थिए । बाँस्कोटा नेकपा एमालेका पोलिट ब्युरो सदस्य एवं काभ्रे इन्चार्जसमेत हुन् ।



















