बंगलादेशका विकेटकिपर–ब्याट्म्यान मु्शफिकुर रहिमले टी–ट्वान्टी अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् । उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा एउटा पोष्ट राख्दै आफूले एकदिवसीय र टेस्ट क्रिकेटमा फोकस गर्नका लागि टी–ट्वान्टी अन्तर्राष्ट्रियबाट सन्यास लिएको बताए ।
‘म एक दिवसीय र टेस्ट क्रिकेटमा फोकस गर्न चाहन्छु । त्यसैले टी–ट्वान्टी अन्तर्राष्ट्रियबाट सन्यास घोषणा गरेको हुँ,’ उनले भनका छन् । एसिया कप क्रिकेटको समूह चरणबाटै बंगलादेश बाहिरिएको थियो । समूह चरणको दुई खेलमा नै पराजित हुँदै बाहिरिएको थियो ।
‘मैले आज टी–ट्वान्टीबाट सन्यास लिएको छु । म बंगलादेशका लागि एकदिवसीय र टेस्ट क्रिकेट खेल्नेछु । मलाई आशा छ म एकदिवसीय र टेस्टमा सफल हुनेछु । बंगलादेश प्रिमियर लिग लगायतका टोमेस्टिक क्रिकेटमा देखिनेछु्,’ रहिमले भनेका छन् ।



















