नम्रता र सुधिर अभिनित ‘कालो कोठी’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं : अभिनेत्री नम्रता सापकोटा र अभिनेता सुधिर श्रेष्ठ अभिनित ‘कालो कोठी’गीतको म्युजिक भिडियो सार्वजनिकभएको छ ।

उक्त गीतमा गायिका रानी शाक्य र गायक सिडी विजय अधिकारीको स्वर रहेको छ । समीर राईको शब्द रहेको गीतमा विक्रम थापाको संगीत छ ।

क्लब डान्सको रुपमा छायांकन भएको भिडियोमा नम्रता निकै मस्ती मुडमा देखिएकी छन् । बुद्ध थापाको छायांकन रहेको भिडियो बिष्णु खड्काको सम्पादन गरेका हुन्, भने भिडियोमा निर्देशक रायन कार्की रहेका छन् ।

भिडियो हेर्नुहोस् :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस