नियन्त्रित औषधी सहित उदय मेडिकल हल बनेपाका सञ्चालक पक्राउ
आइतबार, भाद्र १९, २०७९ | १९:३१:१२
काभ्रे : नियन्त्रित औषधी सहित बनेपाका एक फार्मेसी सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बनेपा नगरपालिका वडा नं ८ स्थित उदय मेडिकल हलका सञ्चालक सत्यश्वर मकै रहेका छन् ।
सत्यश्वर मकैले सञ्चालन गर्दै आएको उदय मेडिकल हलमा नियन्त्रित औषधी बिना प्रेस्कृप्सन बेचबिखन भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका अनुसार भदौ १७ गते नियन्त्रित औषधीहरु सहित संचालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान एवं कारवाहीको लागि भदौ १९ गते औषधी व्यवस्था विभाग बिजुली बजार पठाइएको छ ।
उदय मेडिकल हलबाट बरामद भएको नियन्त्रीत औषधीहरुको विवरण :-
१. MECON-P लेखिएको सिल खोलिएको ६५ थान ट्याब्लेट,
२. KOFTAB लेखिएको सिल खोलिएको ३१ थान ट्याब्लेट,
३. Dicyclomine tablets BP SPASMO ANTISPASMODIC लेखिएको सिल नखोलिएको २ बट्टामा १००० थान ट्याब्लेट र सिल खोलिएको १२० थान
ट्याब्लेट गरी जम्मा ११२० थान ट्याब्लेट,
४. GABAWELL 150 लेखिएको सिल नखोलिएको ३ बट्टामा ३०० थान ट्याब्लेट र सिल खोलिएको ट्याब्लेट थान-१०४ गरी जम्मा ४०४ थान ट्याब्लेट,
५. STAGAN-25 लेखिएको सिल नखोलिएको ८ बट्टामा १६०० थान ट्याब्लेट र सिल खोलिएको ट्याब्लेट थान ४३ गरी जम्मा १६४३ थान ट्याब्लेट,
६. D-KOF लेखीएको सिल नखोलिएको ६ बट्टामा १२०० थान ट्याब्लेट सिल खोलिएको ट्याब्लेट थान-८० गरी जम्मा १२८० थान ट्याब्लेट ।