सोमबार, बैशाख १४, २०८३
अखिल नेपाल होटेल क्यासिनो तथा रेस्टुराँ मजदुर संघ काभ्रेको अध्यक्षमा भुजेल

काभ्रे : अखिल नेपाल होटेल क्यासिनो तथा रेस्टुराँ मजदुर संघ काभ्रेको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासङ्घ काभ्रेको संयोजक होम बहादुर खुलालको प्रमुख आतिथ्यतामा संघको चौथौँ अधिवेशन सम्पन्न भएको हो ।

जिल्ला अधिवेशनबाट रामगोपाल भुजेलको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ । जस्मा वरिष्ठ उपाध्यक्षमा सुमित कुमार तामाङ,उपाध्यक्षमा आकाश तामाङ,सचीवमामा रमेश प्रसाद नेपाल, सह-सचीवमा केदार बुढाथोकी,कोषध्यक्षमा मनिषा श्रेष्ठ, सदस्यहरुमा सुरेन्द्र खड्का,नीर लामा, श्याम पहरी, शर्मिला गिरि, संगीता श्रेष्ठ  चयन भएका छन् ।

जिल्ला अध्यक्ष रामगोपाल भुजेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा अखिल नेपाल होटेल क्यासिनो तथा रेस्टुराँ मजदुर संघको केन्द्रिय उपाध्यक्ष तथा बागमती प्रदेश कमिटी अध्यक्ष मिलन मल्ल, प्रदेश सदस्य सागर थापा,प्रेस सेन्टर बागमती प्रदेश सचीव सन्तोष दाहाल,ग्लोबल नेप्लिज फेडेरेसनको केन्द्रिय सदस्य मनिषा श्रेष्ठ पाँचखाल नगरको स्थानीय नेता तेज प्रसाद तिमल्सिनाको आतिथ्यता रहेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय