करेन्ट लागेर एक बालिकाको मृत्यु

रौतहट : रौतहटमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको प्रहीले जनाएको छ।

मृत्यु हुनेमा रौतहटको गरुडा नगरपालिकाको वडा नं २ स्थित गेडीगुठीका स्थानीय दिनेश सहनीकी अन्दाजी १४ वर्षीया छोरी अम्बिका कुमारी सहनी रहेकी छिन् ।

आईतबार दिउँसो १ बजेको समयमा नुहाउने क्रममा धारामा लगाएको मोटरबाट करेन्ट लागेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय