
काठमाडौं : काठमाडौँको विभिन्न स्थानमा सञ्चालित सात वटा क्यासिनोलाई सात दिनभित्र मनोरञ्जन कर बुझाउन काठमाडौं महानगरपालिकाले ताकेता गरेको छ।महानगरले ताकेता गर्दा पनि आर्थिक वर्ष २०७५/०७६देखि कर नबुझाएको भन्दै कर बुझाउनका लागि एक साताको म्याद दिएको हो ।
महानगरले होटल म्यारियटमा रहेको डेल्टिन क्यासिनो, अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेस, र्याडिसन होटलको क्यासिनो र्याड, हायात होटलको प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसन, होटल सोल्टीमा रहेको माजोङ इन्टरटेनमेन्ट, होटल एलफ्टमा रहेको बाल्को क्यासिनो र मल्ल होटलमा रहेको बेली क्यासिनोलाई सात दिनको अल्टिमेटम दिएको हो।
सात दिनभित्र नतिरे महानगरपालिका राजस्व ऐन २०७५ अनुसार कारबाही हुने महानगरपालिकाले चेतावनी दिइएको छ।