ल्यापटप खरिद गर्ने बहानामा ठगी गर्ने भक्तपुरका किजु पक्राउ
आइतबार, भाद्र १९, २०७९ | २०:४३:०५
काठमाडौं : ल्यापटप खरिद गर्ने बहानामा ठगी गर्ने बहानामा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका -११ तौमडीका ३२ वर्षीय प्रविन किजु रहेका छन् ।
पीडितलाई १ लाख ४८ हजार पर्ने एप्पलको म्याकबुक एयर खरिद गर्ने बहनामा खाली चेक दिई ठगी गरेको अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले किजुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि आवश्यक कानुनी कारबाहीको लागि काठमाडौं जिल्ला परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।